आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

आज यी प्रदेशमा वर्षाको सम्भावना


नेपाल आवाज ३० आश्विन २०७८, शनिबार ०८:४६ मा प्रकाशित ३४९ पाठक संख्या

काठमाडौं । आज देशका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, २ र वागमतीका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

 

महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालका केही स्थानमा वर्षाको सम्भावना बढेको हो ।

यस्तै लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ ।