आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

सवारी दु’र्घ’टनामा दुईको मृ’त्यु


नेपाल आवाज ३० आश्विन २०७८, शनिबार १३:३६ मा प्रकाशित २७७ पाठक संख्या

वाग्मती । मकवानपुरको हेटाँैडा–१५ स्थित रातेमाटेमा एक यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुुईजनाको मृ’त्यु भएको छ ।

गए राति नारायणगढवाट काँकडभिटा जाँदै गरेको ना६ख ७६९ नंंको यात्रुुुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना।५८ प ९९७३ नंको मोटर साइकललाई ठ’क्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा हेटाँैडा– १५ का १८ वर्षीय प्रकाश दियाली र हेटौँडा–३ का २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएको छ ।

बसको ठ’क्करबाट घा’इते भएका दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा त्यहाँका चिकित्सकले मृ’त घोषणा गरेको प्रहरीले जनाएको छ । ठ’क्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको बताइएको छ ।