आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

सर्पको ड’साइबाट एक युवकको मृ’त्यु


नेपाल आवाज ३० आश्विन २०७८, शनिबार १५:५० मा प्रकाशित २२३ पाठक संख्या

फुङ्लिङ । विषालु सर्पको ड’साइबाट (टो’केर) आज बिहान ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक युवकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानीको रहेको छ ।

उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिनुभयो । दसैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो । अ’चानक हातमा सर्पले ड’सेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराउनुभएको थियो । झारफुक र घरेलु औषधि गरे पनि सर्पको विषले ज’टिल बनाउँदै लगेपछि आज बिहान उहाँका आफन्तले घतानीलाई जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए । अस्पताल भर्ना गरेको केही समयमै उहाँको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यता उपचारका क्रममा मृ’त्यु भएका घतानीको शव आफन्तले बुझेका पनि प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।