आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

यस्तो छ आजको मौसम


नेपाल आवाज ९ कार्तिक २०७८, मंगलवार ०८:२८ मा प्रकाशित १८७ पाठक संख्या

काठमाडौ । मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना साथै तराईका भू-भाग सामान्यतया सफा रहने छ।

यस्तै, देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।