आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

‘समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो’   


नेपाल आवाज ९ कार्तिक २०७८, मंगलवार ११:२४ मा प्रकाशित १८१ पाठक संख्या

विराटनगर ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्छ भन्नुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो“ सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्ने पर्छ । कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ । ”