आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

नेपालमा आज भेटिए ६६६ स’ङ्क्रमित


नेपाल आवाज ९ कार्तिक २०७८, मंगलवार १८:०२ मा प्रकाशित ४५१ पाठक संख्या

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा को’रोना भा’इरसको ६६६ मा स’ङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा १२ हजार २० मा को’रोना परीक्षण गर्दा सो सङ्ख्यामा स’ङ्क्र’मण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार २९६ रहेका छन् । पाँच सयभन्दा बढी स’ङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्ला १० रहेका छन् । पाँच सयभन्दा बढी स’ङ्क्र’मण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ । स’ङ्क्रमित शून्य रहेको जिल्ला मुगु मात्र रहेको छ ।

पछिल्लो २४ घण्टामा ६२२ जना स’ङ्क्र’मणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म स’ङ्क्र’मणमुक्त हुनेको सङ्ख्या सात लाख ८८ हजार ६३० रहेको छ । नेपालमा स’ङ्क्र’मणमुक्त हुने दर ९७।३ प्रतिशत रहेको छ । यसैगरी आज को’रोना स’ङ्क्र’मणबाट ११ जनाको नि’ध’न भएको छ । अहिलेसम्म स’ङ्क्र’मणबाट ११ हजार ३७२ को नि’ध’न भएको छ । अहिलेसम्म ८६ लाख ३२ हजार २९३ पहिलो मात्रा र ६७ लाख नौ हजार ९०५ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।