आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

यस्तो रहने छ आजको मौसम


नेपाल आवाज १० कार्तिक २०७८, बुधबार ०९:१२ मा प्रकाशित २१७ पाठक संख्या

काठमाडौ । आज देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रही केहि स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ।

देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।