आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज ह्वातै घटयो सुनको मुल्य


नेपाल आवाज १० कार्तिक २०७८, बुधबार १०:४५ मा प्रकाशित २५३ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा रु ६०० घटेको छ । मंगलबार को तुलनामा छापावाला सुन बुधबार रु ६०० घटेर तोलामा रु ९२ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुन तोलामा रु ९२ हजार ६०० मा कारोवार भएको थियो ।

यस्तै आज तेजाबी सुन तोलामा रु ९१ हजार ५०० मा कारोवार भएको छ । त्यस्तै चाँदी तोलामा रु १ हजार २ सय ५० मा कारोवार भएको महासंघले जनाएको छ ।