आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

बसको ठ’क्करबाट महिलाको मृ’त्यु


नेपाल आवाज १० कार्तिक २०७८, बुधबार ११:३९ मा प्रकाशित २५९ पाठक संख्या

सप्तरी । खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दु’र्घ’टनामा घा’इते एक महिलाको आज मृ’त्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गस्थित कल्याणपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नंको बसले ठ’क्कर दिँदा पैदलयात्री सोही ठाउँकी रामचरित्र भगतकी श्रीमती ४५ वर्षीया ठण्डेश्वरी भगतको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

घा’इते भगतलाई उपचारका लागि यहाँको रुपनीस्थित युनिक अस्पताल भर्ना गरिएकामा मृ’त्यु भएको चिकित्सकले बताएका छन् । श’व परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको श’वगृ’हमा राखिएको छ ।

शवको आज परीक्षण गरी परिवारका सदस्यलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । बस र चालक मोरङ धनपालथान गाउँपालिका–३ का ३२ वर्षीय विनोद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।