आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

ताप्लेजुङ को’रोना मुक्त


नेपाल आवाज १० कार्तिक २०७८, बुधबार ११:४५ मा प्रकाशित २५९ पाठक संख्या

फुङ्लिङ । ताप्लेजुङमा को’रोना भा’इरस स’ङ्क्र’मणमुक्त भएको छ । पछिल्लो पटक स’ङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला को’रोना मुक्त जिल्ला भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार यस अगाडि जिल्लाका सबै पालिका स’ङ्क्र’मणमुक्त भइसकेका थिए । को’भिड–१९ को दोस्रो चरण शुरुआत भएपछि जिल्लामा दुई हजार ५३१ स’ङ्क्रमित भएका थिए । तीमध्ये सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा ५५६ स’ङ्क्रमित भएका थिए भने सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ स’ङ्क्रमित भएका थिए । को’भिड स’ङ्क्र’मणका कारण जिल्लाभित्र १६ जनाको मृ’त्यु भएको जिप्रकाले जनाएको छ । पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन मार्फत आठ हजारी गरी कुल १० हजार २८८ को परीक्षण गरिएको थियो ।