आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

ढि’स्कोमा पु’रिएर बालिकाको मृ’त्यु, पाँच घा’इते


नेपाल आवाज १० कार्तिक २०७८, बुधबार १७:४१ मा प्रकाशित १९९ पाठक संख्या

लहान । ढि’स्कोमा पु’रिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृ’त्यु भएको छ भने पाँचजना घा’इते भएका छन् ।

दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएकी धनगढीमाई नगरपालिका–५ जयपुर निवासी प्रकाश कामैतको ११ वर्षीया छोरी करिश्मा कुमारीको डि’स्कोले पु’रिएर आज दिउँसो मृ’त्यु भएको प्रहरीले जनाएको छ । घर लिपपोत गर्न गाउँदेखि करिब २०० मिटर दूरीमा रहेको खाल्डोबाट माटो झिक्ने क्रममा ढि’स्को ख’सेर पु’रिएको र निकाल्ने प्रयास गरे पनि करिश्मालाई जीवितै उद्धार गर्न नसकिएको स्थानीयवासी सन्तोष साहले जानकारी दिनुभयो ।

ढि’स्कोमा परेर करिश्माकी आमा ममतादेवी कामैत, स्थानीयवासी महिन्द्र महतोको ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादवकी ७ वर्षीया छोरी सविता यादव, २६ वर्षीया सीतादेवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षीया छोरी रुवि कामत घा’इते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुुबास ढकालले जानकारी दिनुभयो ।

घा’इतेमध्ये राजकुमार यादवकी १० वर्षीया छोरी सविताको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।