आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आजको मौसम: कुन कुन स्थानमा वर्षा हुदैछ ?


नेपाल आवाज ११ कार्तिक २०७८, बिहीबार ०८:०४ मा प्रकाशित २७७ पाठक संख्या

काठमाडौं । बिहिबार देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रही पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।