आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

अमेरिकाका छ लाख घरमा विद्युत सेवा अ’वरुद्ध


नेपाल आवाज ११ कार्तिक २०७८, बिहीबार ०८:३७ मा प्रकाशित २१७ पाठक संख्या

एजेन्सी । अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अ’वरुद्ध भएको छ ।

देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अ’वरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अ’वरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार सवैभन्दा धेरै म्यासेचुसेट्स राज्यका मात्रै चार लाख ६६ हजारभन्दा बढी घरमा अ’न्धकार छाएको छ ।

राष्ट्रिय मौसम सेवाले मौसम अझै ख’त’रापूर्ण रहेको चेतावनी दिएको छ । मौसम विभागका अधिकारीहरुले थप सतर्कता अपनाउन सरोकारवाला सवैलाई अनुरोध गरेको छ ।

उनीहरुले घर बाहिर ननिस्कन, यात्रा नगर्न, सुरक्षित अवस्थामा रहन र सुरक्षाका सवै उपाय अपनाउन पनि सवैलाई अपिल गरेका छन् ।