आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

रु ४०० बढयो, सुनको मुल्य


नेपाल आवाज ११ कार्तिक २०७८, बिहीबार १०:४६ मा प्रकाशित १८७ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य फेरि उकालो लागेको छ । बुधबार रु ९२ हजारमा कारोवार भएको छापावाला सुन बिहिबार रु ४०० ले बढेर तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बिहिबार तेजाबी सुन तोलामा रु ९१ हजार ९०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ५० मा कारोवार भएको महासंघले जनाएको छ ।