आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

महाकालीमा डुङ्गा दु’र्घ’टना : एकको मृ’त्यु, एक बे’पत्ता


नेपाल आवाज ११ कार्तिक २०७८, बिहीबार १०:५२ मा प्रकाशित १६३ पाठक संख्या

बैतडी । महाकाली नदीमा डुङ्गा दु’र्घट’ना हुँदा एकको मृ’त्यु भएको छ भने एकजना बे’पत्ता रहेका छन् । मृ’त्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बे’पत्ता रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

महाकाली नदीस्थित शिवनाथ–१ खाँडघाटमा बुधबार साँझ १० जना सवार डुङ्गा दु’र्घ’टनामा परेको हो । दु’र्घ’टनामा परी मीना र सन्दीप बे’पत्ता रहेकामा मीनाको श’व आज बिहान ७ः३० बजे महाकाली नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । बे’पत्ता सन्दीपको खोजीकार्य भइरहेको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

डुङ्गामा सवार अन्य आठ जना सकुशल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले जाने गर्दछन् । दु’र्घ’टनाको कारण खुल्न नसकेको र घ’ट’नाको अनुसन्धान भइरहेको जनाइएको छ ।