आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

न’क्कली नोटसहित एक जना प’क्राउ


नेपाल आवाज ११ कार्तिक २०७८, बिहीबार १२:२२ मा प्रकाशित १९९ पाठक संख्या

महोत्तरी । न’क्कली नोटसहित फेरि एकजना प’क्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई प’क्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले न’क्कली नोटसहित तीनजनालाई नि’यन्त्रणमा लिएको थियो । आज प’क्राउ परेका महतोको गौशालाबजारस्थित डेराबाट रू आठ लाख ९७ हजार ४३५ नेपाली र रू दुई लाख ८० हजार ९२९ भारती नोट प्रहरीले ब’रामद गरेको छ ।
बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई न’क्कली नोट दिएको आ’शङ्कामा प्रहरीले महतोलाई नि’यन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । ब’रामद नोटमध्ये कति सक्कली र कति न’क्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले जानकारी दिनुभयो ।

प’क्राउ परेका महतोलाई ब’रामद नोटसहित जिल्ला प्रहरी कार्यालय पठाइएको छ । आज प’क्राउ परेका महतो भारत÷ नेपाल दुवैतिरका तरकारी व्यापारी रहेका र उनलाई र उनीसँग ब’रामद नोट जलेश्वरमै सार्वजनिक गरिने प्रहरीको तयारी छ । गौशाला र औरही बजार भारतीय बजारसँग जोडिएका जिल्लाका हुन् ।

आज ब’रामद नोटमध्ये कतिवटा सक्कली र कतिवटा न’क्कली भन्ने ए’कीन गर्न बाँकी रहेपनि गत असोजमा भने हजार दरका २२ वटा न’क्कली नोट रहेको पुष्टि भएको थियो । सामान्य प्रचलनमा रहेका नेपाली एकहजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङसमेत अलि फिका देखिने नक्कली नोट चासो दिने सामान्य व्यक्तिले पनि सजिलै छुट्याउन सक्ने प्रहरीको भनाइ छ ।