आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

भिरबाट ल’डेर महिलाको मृ’त्यु, एक पुरुष बे’पत्ता


नेपाल आवाज ११ कार्तिक २०७८, बिहीबार १४:३८ मा प्रकाशित १६९ पाठक संख्या

बलेवा । बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट ल’डेर एक महिलाको मृ’त्यु भएको छ भने अर्का एक पुरुष बे’पत्ता छन् । बडिगाड–५ दागाका ४६ वर्षीया देवी गुरुङ खरबारीमा खर बाँध्ने क्रममा चिप्लिएर ल’डेर मृ’त्यु भएको हो ।

उहाँ २०० मिटर तल ख’सेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बडिगाडकै अर्का एक पुरुष भिरबाट ल’डेर बे’पत्ता हुनुभएको छ । दसैँको अवसरमा बुर्तिबाङमा लागेको पूर्णिमा सहभागी भएर फर्किने क्रममा बडिगाड गाउँपालिका–९ बस्ने २८ वर्षीय शङ्कर परियार भिरबाट ल’डेर बे’पत्ता हुनुभएको हो ।

ढोरपाटन नगरपालिका–२ सिमलचौरदेखि मालरानी जाने गोरेटो बाटोको भिरबाट ख’सी बडिगाडखोलामा उहाँ बे’पत्ता भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । उहाँको खोला किनारमा खोजी भइरहेको छ ।