आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

मात्र २९ जनामा स’ङ्क्र’मण


नेपाल आवाज १२ कार्तिक २०७८, शुक्रबार ०९:२१ मा प्रकाशित २०५ पाठक संख्या

बैतडी । सुदूरपश्चिम प्रदेशमा आज थप २९ जनामा को’रोना भा’इरस स’ङ्क्र’मणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ८९ जनाको नमूना परीक्षण गर्दा २९ मा स’ङ्क्र’मण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सोह्र जनामा आरटी पीसीआर र १३ मा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा स’ङ्क्र’मण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १२, जिल्ला अस्पताल बैतडीमा दुई, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा एक÷एक जनामा स’ङ्क्र’मण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरका सात र डडेल्धुराका छ जनामा स’ङ्क्र’मण देखिएको हो । पछिल्लो २४ घण्टामा प्रदेशभर १२ जनाले को’रोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा स’ङ्क्र’मणका कारण एक जनाको पनि मृ’त्यु भएको छैन । यसअघि यस प्रदेशमा बुधबार ४२ जनामा स’ङ्क्र’मण पुष्टि हुँदा पाँच जना डिस्चार्ज भएका छन् ।