आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने युवकको मृत्यु


नेपाल आवाज १२ कार्तिक २०७८, शुक्रबार ११:०० मा प्रकाशित २११ पाठक संख्या

धादिङको धुनिबेशी नगरपालिका ९ सुरुङमार्गमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने धादिङकै धुनिबेशी नगरपालिका–९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो । सुरुङमार्गमा बिहीबार बेलुकी सवा ८ बजे भारतीय नम्बरको ड्रम ट्रकले उनलाई ठक्कर दिएको थियो ।

ट्रक चालक फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।