आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

भारतमा को’रोना स’ङ्क्रमितको कूल संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो


नेपाल आवाज १२ कार्तिक २०७८, शुक्रबार १३:४९ मा प्रकाशित २६५ पाठक संख्या

एजेन्सी । भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना को’रोनाका स’ङ्क्रमति थपिएपछि कूल स’ङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीका को’रोना स’ङ्क्र’मणबाट ८०५ जनाको मृ’त्यु भएपछि यस रोगबाट ज्या’न गु’माउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा को’रोनाबाट ज्या’न गु’माएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका रहेका छन् ।

हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय स’ङ्क्रमित रहेका छन् । भारतमा को’रोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति को’रोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना ‘मुक्त भएका पनि समाचारमा जनाइएको छ ।