आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

आज थपिए ५४९ जना को’रोना स’ङ्क्र’मण, ५६९ जना निको


नेपाल आवाज १२ कार्तिक २०७८, शुक्रबार १८:०८ मा प्रकाशित २६५ पाठक संख्या

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा को’रोना भा’इरस स’ङ्क्र’मण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा को’रोना परीक्षण गर्दा ५४९ जनामा स’ङ्क्र’मण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय स’ङ्क्रमित १० हजार १५१ जना रहेका छन् । ५०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी स’ङ्क्रमित भएका जिल्ला नौ रहेका छन् । ५०० भन्दा बढी स’ङ्क्र’मण हुने जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । स’ङ्क्र’मण दर १८.५ प्रतिशत रहेको छ । स’ङ्क्रमित शून्य रहेका जिल्ला मुगु मात्र रहेको छ ।

पछिल्लो २४ घण्टामा ५६९ जनाले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९० हजार ३५८ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।

छ को मृ’त्यु

यसैगरी आज को’रोना स’ङ्क्र’मणबाट छ जनाको मृ’त्यु भएको छ । अहिलेसम्म को’रोना भा’इरस स’ङ्क्र’मणबाट ११ हजार ३८८ जनाको मृ’त्यु भइसकेको छ । होम आइसोलेसन नौ हजार ३७९, संस्थागत आइसोलेसनमा ७७२, सघन उपचार कक्ष (आइसियु)मा २४२ र भेन्टिलेटरमा ७८ जना रहेका छन् ।

आज एक लाख २५ हजार ५२७ जनाले को’रोना भा’इरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८६ लाख ६२ हजार २५० जना पहिलो मात्रा र ६९ लाख ८४ हजार १५७ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।