आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाह वीरगंज जानुहुँदै


नेपाल आवाज १३ कार्तिक २०७८, शनिबार २०:२९ मा प्रकाशित २८३ पाठक संख्या

हिन्दुहरुको दोश्रो ठूलो पर्व छठ पूजाको लागि पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाह वीरगंज जानुहुने भएको छ।

यही कार्तिक २४ गते वुधवारका परेको छठ पर्वका दिन पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले वीरगंज घडिअर्वा पोखरीस्थित छठ घाटमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिनु हुने भएको राष्ट्रिय नागरिक संघर्ष समितिका हिरा बहादुर चन्दले बताउनु भयो ।

हिन्दू धर्म एवं आस्थाका संरक्षक मानिएको संस्था ‘राजसंस्था’का प्रतिनिधि पूर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाह तराईका व्रतालुहरुसँगै छठ घाटमा गई पूजा गर्ने खबरले त्यस क्षेत्रका आस्थावानहरुमा उत्साह छाएको छ ।

छठ पूजाको लागि जान लाग्नु भएकी पूर्व युवराज्ञीको वीरगंज बसाई चार दिन रहने र सो क्रममा बाराको सिम्रौनगढ क्षेत्रको अवलोकन, वीरगंज आसपासका सर्वसाधारण नागरिक,पत्रकारलगायतसँग भेटघाट कार्यक्रम पनि रहेको चन्दले बताउनु भयो ।

पूर्व युवराज्ञी हिमानी सरकारको स्वागत एवं भ्रमणलाई व्यवस्थित बनाउन राष्ट्रवादी संघसंस्थाका प्रतिनिधिहरु स्वागत मूल समारोह समिति गठन गर्ने तयारीमा जुटेको राष्ट्रिय नागरिक संघर्ष समितिका बारा पर्सा संयोजक अब्दूल सत्तार अंसारीले बताउनु भयो ।