आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज यी स्थानमा हिमपात


नेपाल आवाज १५ कार्तिक २०७८, सोमबार ०७:५० मा प्रकाशित १८१ पाठक संख्या

काठमाडौ । आज सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, बुधबार पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।