आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

तिहार सुरु भएसगै बढयो सुनको भाउ


नेपाल आवाज १६ कार्तिक २०७८, मंगलवार ११:११ मा प्रकाशित १८१ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । सोमबार रु ९१ हजार ८०० मा कारोवार भएको छापावाला सुन मंगलबार रु २०० बढेर तोलामा रु ९२ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै आज तेजाबी सुन तोलामा रु ९१ हजार ५०० मा कारोवार भएको छ, भने चाँदी तोलामा रु १ हजार २ सय ५० मा कारोवार भएको महासंघले जनाएको छ ।