आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज यी प्रदेशमा हिमपातको सम्भावना


नेपाल आवाज १७ कार्तिक २०७८, बुधबार ०७:५७ मा प्रकाशित १५१ पाठक संख्या

काठमाडौ । बुधबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

 

यसैगरी राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।