आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

रु ५०० घटयो सुन, प्रतितोला कतिमा कारोवार हुदैछ ?


नेपाल आवाज १७ कार्तिक २०७८, बुधबार १०:४६ मा प्रकाशित १८१ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ । मंगलबार रु ९२ हजारमा कारोवार भएको छापावाला सुन बुधबार रु ५०० घटेर तोलामा रु ९१ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै बुधबार तेजाबी सुन तोलामा रु ९१ हजारमा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय २५ मा कारोवार भएको महासंघले जनाएको छ ।