आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

यस्तो रहेको छ आजको मौसम


नेपाल आवाज १८ कार्तिक २०७८, बिहीबार ०९:३९ मा प्रकाशित १७५ पाठक संख्या

काठमाडौ । आज देशका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

 

त्यसैगरी आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।