आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

आज फेरि घटयो, सुनको भाउ


नेपाल आवाज १८ कार्तिक २०७८, बिहीबार ११:०३ मा प्रकाशित १७५ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा सुनको मुल्य आज पनि ओरालो लागेको छ । बुधबार रु ९१ हजार ५०० मा कारोवार भएको छापावाला सुन बिहिबार रु ५०० ले घटेर तोलामा रु ९१ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै बिहिबार तेजाबी सुन तोलामा रु ९० हजार ५०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय २५ मा कारोवार भएको महासंघले जनाएको छ ।