आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

कुन कुन स्थानमा हुदैछ, वर्षा र हिमपात


नेपाल आवाज २० कार्तिक २०७८, शनिबार ११:५७ मा प्रकाशित २११ पाठक संख्या

काठमाडौं । आज देशका केही स्थानमा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहने जनाएको छ।

प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदशमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।