आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना


नेपाल आवाज २१ कार्तिक २०७८, आईतवार ०९:०९ मा प्रकाशित १६९ पाठक संख्या

काठमाडौं ।आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केहि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा केहि प्रदेशमा आंशिक बदली रहने जनाएको छ।

त्यस्तै, प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।