आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

यस्तो रहेको छ आजको मौसम


नेपाल आवाज २३ कार्तिक २०७८, मंगलवार ०८:३१ मा प्रकाशित १६९ पाठक संख्या

काठमाडौ । आज मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाले आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर परेको छैन । मौसमी प्रणाली नभएका कारण देशभरको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।