आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

छट पर्वको दोस्रो दिन आज खरना विधि पुरा गरी मनाइदै


नेपाल आवाज २३ कार्तिक २०७८, मंगलवार ०८:५४ मा प्रकाशित १३९ पाठक संख्या

काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरूले खरना विधि पूरा गरी मनाइन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी व्रतालुले भोजनको रूपमा ग्रहण गर्दछन् । आज सबै व्रतालुहरूले बिहानदेखि निर्जला भएर बेलुकी एक छाक मात्र भोजन गर्दछन् ।

यो छठ पर्वमा व्रतालुले चार दिन सात्विक भोजन मात्र गर्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ ।

देवी भागवत्‌मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ । कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य चढाइ छठ पर्वको व्रतलाई समापन गरिन्छ ।