आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज घटयो सुन, तोलामा कति पुग्यो ?


नेपाल आवाज २३ कार्तिक २०७८, मंगलवार १०:५४ मा प्रकाशित २११ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा रु २०० घटेको छ । सोमबार रु ९२ हजार ५०० मा कारोवार भएको छापावाला सुन मंगलबार रु २०० घटेर तोलामा रु ९२ हजार ३०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार तेजाबी सुन तोलामा रु ९१ हजार ८०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ५० मा कारोवार भएको महासंघले जनाएको छ ।