आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज यस्तो छ देशभरको मौसम


नेपाल आवाज २४ कार्तिक २०७८, बुधबार ०८:४१ मा प्रकाशित १६३ पाठक संख्या

काठमाडौ । आज देशभर मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जनाएको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन ।

बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

बिहीबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।