आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

साताको पहिलो दिन पनि बढयो सुनको भाउ


नेपाल आवाज २८ कार्तिक २०७८, आईतवार १०:५२ मा प्रकाशित १४५ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य रु २०० वृद्धि भएको छ । शुक्रबार रु ९४ हजार ४०० मा कारोवार भएको छापावाला सुन साताको पहिलो दिन आइतबार रु २०० ले बढेर तोलामा रु ९४ हजार ६०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार तेजाबी सुन तोलामा रु ९४ हजार १०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ९५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।