आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

को’भिड १९ विरुद्धको फाइजर खोप आजदेखि लगाइदै


नेपाल आवाज २८ कार्तिक २०७८, आईतवार ११:३० मा प्रकाशित १७५ पाठक संख्या

काठमाडौं । आज देखि दीर्घरोगीलाई फाइजर खोप लगाइदैछ । सरकारले १२ वर्ष माथिका दीर्घ रोगी भएका व्यक्तिहरुलाई को’भिड १९ विरुद्धको फाइजर खोप लगाइ दिन लागेको हो ।

मंसिर ४ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउन लागिएको हो । यसको दोस्रो मात्रा मंसिर २७ गतेदेखि दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले खोप लगाउनका लागि देशभर २४ वटा खोप केन्द्र तोकेको छ । सरकारले कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६३० मात्रा प्राप्त गरेको थियो ।

खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धी पुर्जा अनिवार्य रुपमा लैजानुपर्ने छ ।

उक्त खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी जम्मा २४ वटा अस्पतालका खोप केन्द्रमा लगाइने भएको छ ।