आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज कुन कुन स्थानमा हुदैछ वर्षा र हिमपात


नेपाल आवाज २९ कार्तिक २०७८, सोमबार ०८:२१ मा प्रकाशित ११५ पाठक संख्या

काठमाडौं । आज सोमबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावाना रहेको जनाएको छ ।

त्यस्तै, सोमबार राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ । ·