आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

भारतमा सक्रिय स’ङ्क्रमितहरुको सङ्ख्या धेरै कम


नेपाल आवाज २९ कार्तिक २०७८, सोमबार ०८:३८ मा प्रकाशित १५१ पाठक संख्या

एजेन्सी । भारतमा अहिले सन् २०२० को मार्चपछिकै सवैभन्दा थोरै सक्रिय स’ङ्क्रमितहरु रहेका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार भारतमा सक्रिय स’ङ्क्रमितहरुको सङ्ख्या धेरै कम देखिएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा भारतमा ११ हजार २७१ जना नयाँ स’ङ्क्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । भारतमा अहिले स’ङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या एक लाख ३५ हजार ९८१ रहेको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार सोही अवधिमा को’रोनाभा’इरसका कारण थप २८५ जनाको मृ’त्यु भएको छ । भारतमा अहिलेसम्म को’रोनाभा’इरसका कारण मृ’त्यु भएकाहरुको कुल सङ्ख्या चार लाख ६३ हजार ५३० पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

कुल स’ङ्क्रमित मध्ये अहिले एक प्रतिशतभन्दा कम मात्रै सक्रिय स’ङ्क्रमित रहेका छन्, यो सङ्ख्या पछिल्ला ५२२ दिन अर्थात १७ महिना पछिकै सवैभन्दा कम हो,” केन्द्रीय स्वास्थ्य मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।पछिल्लो एक दिनमा नयाँ थपिएका स’ङ्क्रमित मध्ये छ हजार ४६८ जना केरला राज्यका मात्रै रहेका छन् । भारतमा को’रोनाका कारण अहिले सवैभन्दा बढी प्रभावित केरलामा एक दिनमा मात्रै २३ जनाको मृ’त्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १२ लाख ५५ हजार ९०४ जनाको को’रोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।