आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

अस्ट्रियामा पूर्ण मात्रा खोप नलगाउनेहरु लकडाउनमा


नेपाल आवाज २९ कार्तिक २०७८, सोमबार १०:५८ मा प्रकाशित १०९ पाठक संख्या

एजेन्सी । अस्ट्रियामा को’रोना विरुद्धको पूर्ण मात्रा खोप नलगाएका २० लाख मानिसहरूलाई लकडाउनमा राखिएको छ । को’रोना स’ङ्क्रमितको सङ्ख्या बढेर अस्पतालमा चाप बढ्न थालेपछि सोमबारदेखि लागू गरिएको यो प्र’तिबन्ध सुरुमा १० दिनसम्म जारी रहने चान्सलर अलेक्सान्डर स्कालेनबर्गले बताइएको छ । उहाँले भने ‘हामीले यस कदमलाई हल्का ढंगले लिएका छैनौं तर दु’र्भाग्यवस यो आवश्यक छ ।’

अस्ट्रियाका ६५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन् । पछिल्ला सात दिनमा प्रति १ लाख जनसङ्ख्यामा स’ङ्क्र’मण दर ८ सयभन्दा बढी रहेको छ । यो युरोपमा सबैभन्दा बढी हो ।

खोप नलगाएका मानिसहरूलाई काम गर्न वा खानेकुरा किन्नबाहेक घरबाहिर निस्कन बन्देज लगाइएको छ । यो १२ वर्षभन्दा मुनिका बालबालिका र भर्खरै को’भिडबाट निको भएकाहरूको हकमा भने लागू हुनेछैन ।

विश्व स्वास्थ्य संगठनले युरोपमा फेरि को’रोना सं’क्र’मणको दर बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।