आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

मूल्यवृद्धि विरुद्ध विप्लव समुहको आज नेपाल बन्द


नेपाल आवाज ३० कार्तिक २०७८, मंगलवार ०८:०८ मा प्रकाशित १०३ पाठक संख्या

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको छ ।

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंका सडकमा आशिंक प्रभाव परेको छ । नेपाल बन्दका कारण काठमाडौंमा विहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका छन् ।

यात्रुले बिहानै देखि सास्ती भोग्नु परेको छ । विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका यात्रुहरु पनि विभिन्न ठाउँमा अलपत्र परेका छन् ।

बन्दको प्रभाव कम गर्न चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति छ । प्रहरीले फाट्टफुट्ट सार्वजनिक गाडी चलिरहेको पनि जनाएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।