आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

यस्तो छ आजको मौसम


नेपाल आवाज ३० कार्तिक २०७८, मंगलवार ०८:२१ मा प्रकाशित १८१ पाठक संख्या

काठमाडौ । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा देशभर चिसो बढिरहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।