आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

रु ५०० बढयो, आज सुनको मुल्य


नेपाल आवाज ३० कार्तिक २०७८, मंगलवार ११:०१ मा प्रकाशित १०९ पाठक संख्या

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्यमा रु ५०० वृद्धि भएको छ । सोमबार रु ९४ हजार ३०० मा कारोवार भएको छापावाला सुन मंगलबार रु ५०० बढेर तोलामा रु ९४ हजार ८०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, मंगलबार तेजाबी सुन तोलामा रु ९४ हजार ३०० मा कारोवार भएको छ । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ९० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।