आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

यस्तो छ आजको मौसम


नेपाल आवाज १ मंसिर २०७८, बुधबार ०८:२२ मा प्रकाशित १०३ पाठक संख्या

काठमाडौ । आज देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । शुक्रबारदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा देशभर चिसो बढिरहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।