आज: | Sat, 27, Nov, 2021
FLASH NEWS

आज घटयो सुनको भाउ, प्रतितोला कति पुग्यो ?


नेपाल आवाज १ मंसिर २०७८, बुधबार १०:५७ मा प्रकाशित १३३ पाठक संख्या

काठमाडौ । स्थानिय बजारमा आज सुनको मुल्यमा रु ५०० घटेको छ । मंगलबार रु ९४ हजार ८०० मा कारोवार भएको छापावाला सुन बुधबार रु ५०० घटेर तोलामा रु ९४ हजार ३०० मा कारोवार भएके नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बुधबार तेजाबी सुन तोलामा रु ९३ हजार ८०० मा कारोवार भएको छ । मंगलबार तेजाबी सुन तोलामा रु ९४ हजार ३०० मा कारोवार भएके थियो । त्यसैगरी आज चाँदी तोलामा रु १ हजार २ सय ८० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।