आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

अत्यधिक प्रदूषण बढेपछि दिल्लीका स्कुल कलेज बन्द


नेपाल आवाज २ मंसिर २०७८, बिहीबार ०८:२७ मा प्रकाशित ८५ पाठक संख्या

एजेन्सी । अत्यधिक वायु प्रदूषण बढेपछि भारतको राजधानी नयाँ दिल्लीका विद्यालय तथा क्याम्पस अनिश्चित कालका लागि बन्द गरिएको छ । दीपावली सकिएलगत्तै फैलिएको प्रदूषित कुहिरोले दिल्लीको आकाशलाई धुम्म पारेको छ भने वायु प्रदूषण जनस्वास्थ्यमा अत्यधिक असर गर्ने स्तरमा उक्लेको छ । आइतबारसम्म सबै खाले निर्माण कार्य बन्द गरिएको छ ।

गाडीवाट निस्केको धुवाँ, औद्योगिक प्रतिष्ठानको उत्सर्जन, धुलो तथा मौसमी कारणले विश्वका अत्यन्त प्रदूषित सहरको सूचीमा दिल्ली अग्रस्थानमा रहँदै आएको छ । यो सूचीमा काठमाडौं २६औं स्थानमा छ । बीबीसीका अनुसार दिल्लीका विभिन्न भागमा वायु प्रदूषणको गुणस्तर सूचकांक (एक्युआई) ४०० नाघेको छ ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बुधबार साँझ विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ । यो सूचीमा काठमाडौं २६औं स्थानमा छ ।