आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज धेरै स्थानमा आंशिक बदली हुने


नेपाल आवाज २ मंसिर २०७८, बिहीबार ०९:३० मा प्रकाशित ८५ पाठक संख्या

काठमाडौं । आज प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका धेरै स्थानमा आंशिक बदली हुने जनाएको छ ।

महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली हुनेछ ।

त्यस्तै, राति प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भू-भागहरु आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली हुनेछ ।