आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आज सुन प्रतितोला कतिमा कारोवार हुदैछ ?


नेपाल आवाज २ मंसिर २०७८, बिहीबार १०:४७ मा प्रकाशित १३३ पाठक संख्या

काठमाडौ । स्थानीय बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । बुधबार रु ९४ हजार ३०० मा कारोवार भएको छापावाला सुन बिहिबार रु २०० बढेर प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बिहिबार तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ८०० मा कारोवार भएको थियो । त्यसैगरी आज चाँदी प्रतितोला रु १ हजार २ सय ८० मा कारोवार भइरहेको महासंघले जनाएको छ ।