आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

देशभर आंशिक बदली रही केहि स्थानमा वर्षा र हिमपात हुने


नेपाल आवाज ३ मंसिर २०७८, शुक्रबार ०८:२१ मा प्रकाशित १५१ पाठक संख्या

काठमाडौ । नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव परेकाले देशभर आंशिक बदली रही केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशहरूमा सामान्यतया बदली रहेको जनाएको छ ।

त्यस्तै, शुक्रबार दिउँसो देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भूभागहरु सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरु आंशिक देखी सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ । बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक र दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।