आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

आइतबार पहाडी भू-भागमा आंशिक बदली


नेपाल आवाज ५ मंसिर २०७८, आईतवार ०८:३२ मा प्रकाशित १०९ पाठक संख्या

काठमाडौ । आइतबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक र दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। आइतबार प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै, सोमबार प्रदेश १ को पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागहरूमा आंशिक बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक र दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।