आज: | Fri, 26, Nov, 2021
FLASH NEWS

सोमबार पहाडी भूभागमा आंशिक बदली, केहि स्थानमा हल्का वर्षा


नेपाल आवाज ६ मंसिर २०७८, सोमबार ०९:४६ मा प्रकाशित ७३ पाठक संख्या

काठमाडौ । आज बिहान पहाडी भूभागमा आंशिक बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रही प्रदेश १ को पहाडी भूभागको एक र दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।